२०८२ असार ११ बुधबार

राशिफल

कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्छौं : अर्थमन्त्री शर्मा

काठमाण्डौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् ।

सोमबार बिहान रुकुम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले कृषि मन्त्रालयको बजेटलाई विशेष प्राथमिकतामा राखिने बताएका हुन् ।

उनले अर्थमन्त्रालय बजेट निर्माणमा केन्द्रीत भएको भन्दै कृषि क्षेत्रलाई माथि उठाउन यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

कूल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।