काठमाण्डौं : एमाले अध्यक्ष केपी शर्मा ओली आगामी चैत १९ गते पूर्वी पहाडी जिल्ला खोटाङ जाने भएका छन् ।
नेकपा एमाले खोटाङले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चैत १९ मा त्यसतर्फ जान लागेका हुन् ।
ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रम व्यवस्थापनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यले ३० हजार, प्रदेश कमिटी सदस्यले १० हजार, जिल्ला कमिटी पदाधिकारीलाई १० हजार र सचिवालय सदस्यलाई ५ हजार रुपैयाँ आर्थिक दायित्व बेहोर्नुपर्ने उल्लेख छ ।
त्यस्तै जिल्ला कमिटी सदस्यले २ हजार र जिल्ला सल्लाहकार सदस्यले १ हजार आर्थिक दायित्व बेहोर्न भनिएको छ ।
तपाइँको प्रतिक्रीया