काठमाडौं : चालु आर्थिक वर्ष २०७८, ७९ को ८ महिनामै निर्यात व्यापारमा नयाँ रेकर्ड कायम भएको छ । इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको हो ।
गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो । यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको हो ।
गत आवमा इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
तपाइँको प्रतिक्रीया