२०८२ असार ११ बुधबार

राशिफल

उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुन्थ्यो : प्रवक्ता पौडेल

काठमाण्डौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुने बताएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको दावी समेत गरे ।

‘पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्ध हुने सम्भावना थियो ।

त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर आयोगले यो व्यवस्था गरिदियो ताकि त्यो कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी उम्मेदवारी दिन नपरोस्, अथवा आयोगले यो व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुनसक्थ्यो’, प्रवक्ता पौडेलको भनाइ छ ।