२०८२ असार ११ बुधबार

राशिफल

कोरोना खोप लगाएका १० विद्यार्थी सिकिस्त बिरामी

काठमाण्डौं : एउटै विद्यालयका १० जना विद्यार्थी बिरामी परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ मा मेरी गोल्ड सेकेण्डरी बोर्डिङ स्कुलका १० जना विद्यार्थी कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउँदा बिरामी परेका हुन् ।

उनिहरुमा अत्याधिक टाउको दुख्‍ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस् हुने जस्ता लक्षण देखिएको शिक्षक इन्द्रदीप साहले जानकारी दिए । सिकिस्त हुने विद्यार्थीहरु ६ कक्षाभन्दा माथिका रहेका छन् ।

आइतबार झण्डैं ३ सय विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएकोमा सोमबार बिहान १० बजेतिर विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भएको शिक्षक यादवले बताए । त्यसमध्ये १० जना सिकिस्त रहेका छन् । ४ जना विद्यार्थी भने स्थानीय स्तरमै उपचारपछि घर फर्किएका छन्।

बाँकी विद्यार्थीहरुलाई प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।