२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आईसीसी विश्वकपमा नेपाल ९९ रनले पराजित

काठमाण्डौं : आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ ।

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो ।

दुबई क्रिकेट रंगशालामा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए ।

त्यस्तै आरिफ शेख र सोमपाल कामीले १५/१५ रन बनाउँदा बिनोद भण्डारीले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेका थिए ।