२०८२ जेठ २३ बिहीबार

राशिफल

रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला नभएको : रुसी राष्ट्रपति कार्यालय

काठमाडौं :  रुसी राष्ट्रपतिको कार्यालयले रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ताको प्रस्ताव गरेकोमा रुसी राष्ट्रपतिको कार्यालयले सिधा वार्ताको बेला भइनसकेको बताएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गरे । उहाँहरूका बीचमा वार्ता हुनेगरी परिपक्व वातावरण बनिनसकेको उनको भनाइ छ ।

 

शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने भन्दै उहाँले ती त्यस्तो केही नभएको बताए । वार्तामा के–के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत देखिएपछि मात्रै राष्ट्रपतिस्तरीय वार्ता सान्दर्भिक हुने उनको भनाइ छ ।