२०८२ असार ११ बुधबार

राशिफल

निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको एमाले अध्यक्ष ओेलीको आरोप

काठमाडौं  : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न सो पार्टीको पहिलो पोलिटब्यूरो बैठकमा सोमबार सम्बोधन गर्दै उनले निर्वाचनलाई तोकिएको समयमा निष्पक्षरुपमा गराउने सन्दर्भमा सकारात्मक संकेत नदेखिएको र त्यस्ता षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे ।

अध्यक्ष ओलीले निर्वाचन चिन्हको रङ बदल्ने जस्ता निर्णयमा पनि सत्ता गठबन्धनसँगको साँगगाँठका आधारमा आयोगले एमालेविरुद्ध निर्णय गरेको आरोप लगाउँदै पार्टी प्रवेशको लहर जारी रहेकाले आगामी निर्वाचनमा नेकपा एमाले एकल बहुमत प्राप्त गरेर सरकार चलाउने बताए ।

उनले राष्ट्रिय हितको रक्षा र स्वाभिमानलाई अगाडि बढाउन छिमेकीलगायत विभिन्न मुलुकसँग थप सम्बन्ध विस्तारका लागि पार्टी अग्रसर रहेको जानकारी दिए ।
बैठक सञ्चालन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले जातीय विभेद् उन्मूलन दिवसका अवसरमा विभेदमा परेका समुदायप्रति उच्च सम्मान गर्दै छूवाछूतमुक्त राष्ट्र निर्माणमा प्रतिबद्धता व्यक्त गरे ।