२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालले आज पपुवा न्युगिनीविरुद्ध खेल्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी पीएनजीविरुद्ध खेल्दैछ । तीन राष्ट्र सम्मिलित श्रृंखलामा यो अन्तिम खेल हो । खेल दुबई क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

यसै शृङखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले यूएईसँग लगातार दुई खेलमा हार बेहोर्‍यो । पीएनजीले भने यूएईलाई हराएर लिग टू मा १४ खेलको हारको शृङखला तोड्दै पहिलो जित हात पारेको छ ।

यस शृङखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनेको छ । पछिल्ला दुई खेलमा नेपाल यूएईविरुद्ध १२० र १०३ रनमा अलआउट भएको थियो । नेपालले पूरा ५० ओभर ब्याटिङ गर्न संघर्ष गरिरहेको छ ।

पीएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका तीन खेलमा अपराजित रहनु नै नेपालको लागि फाइदाको विषय छ ।

पीएनजीले आफ्नो प्रदर्शन सुधार गर्दा नेपाल भने ब्याटिङमा लगातार असफल भइरहेको छ ।

शृङखलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने त्यसपछि यूएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो ।