२०८२ असार ३ मङ्गलबार

राशिफल

रौतहटमा शौच गर्न गएकी १ महिला बलात्कृत

काठमाडौं :  रौतहटको फतुवा बिजयपुर नगरपालिका २ सितलपुरमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति ८:३० मा घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको अँध्यारोमा खेतमा शौच गर्न गएको मौका पारी जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २१ वर्षीया रुपलाल पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

बतात्कृत महिलाको स्वास्थ परिक्षणको लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।