२०८२ असार ११ बुधबार

राशिफल

एनआरएनएको १० औं विश्व सम्मेलन सुरु

काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा सम्मेलन आयोजना गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित छन् ।

अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक शेष घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए ।

त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।