काठमाडौं : बाग्मती प्रदेशसभा बैठक आज बस्दैछ ।प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने बुझिएको छ । गत फागुन २९ र ३० गते बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएको विषयमा जवाफ दिएका थिए ।
आजको बैठकमा ३ वटा विधेयक माथि छलफल हुने भएको छ ।
बैठकमा यस अघि सदनमा पेस भएको विभिन्न २ वटा विधेयक माथि छलफल भएर समितिमा पठाइने कार्यसूची समेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया