२०८२ असार १० मङ्गलबार

राशिफल

सातदोबाटो–चापागाउँ सडक स्थानीयले गरे बन्द

काठमाडौं : ललितपुरको सातदोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् ।

ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ ।

घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडकखण्डमा यात्रा गर्नेहरु हैरान छन् ।