काठमाडौं : मंगलबार सुनको भाउ १ लाख नाघेको छ ।
सोमबार प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन मंगलबार तोलामा ८ सय बढेर तोलाको १ लाख ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ ।
तपाइँको प्रतिक्रीया