काठमाडौं : आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत १५ गते बाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
त्यसका लागि २२ करोड रकम छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कुल मत खसेको मध्यबाट ४ प्रतिशत मत बदर भएको थियो ।
अघिल्लो निर्वाचनमा ४ लाख भन्दाबढि मत बदर भएपछि आगामी स्थानीय तहको निर्वाचनमा यसलाई घटाउनेगरि मतदाता शिक्षामा जोड दिएको आयोगले बताएको छ ।
तपाइँको प्रतिक्रीया