२०८२ असार १० मङ्गलबार

राशिफल

विश्व कविता दिवसमा ३१ कविहरूको प्रस्तुती

काठमाण्डौं : नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागद्वारा विश्व कविता दिवस मार्च २१० का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरे ।

सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने,

“कविताको सामर्थ्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो विश्व कविता दिवस को महत्व रहेको छ ।” कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उनको भनाइ थियो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा। जगतप्रसाद उपाध्यायले विश्वका कविहरूका लागि आजको दिन हर्ष र उल्लासको दिन भएको उल्लेख गर्दै उनले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचारप्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार राखे ।