२०८२ असार १० मङ्गलबार

राशिफल

महिलाले अर्को विवाह गरे अंश फिर्ता गर्नुपर्ने

काठमाण्डौं : नेपाल कानुन आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे पहिलेको पतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

मुलुकी देवानी संहिता ऐन–२०७४ को संशोधन प्रस्ताव अगाडि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।

प्रस्तावमा ‘अंश लिई सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्था गरिएको छ ।