२०८२ असार १० मङ्गलबार

राशिफल

श्रीमान्‌को हँसिया प्रहारबाट श्रीमतीसहित २ जना घाइते

काठमाडौं :  श्रीमान्‌को हँसिया प्रहारबाट श्रीमतीसहित २ जना घाइते भएका छन् । बुटवल ११ देवीनगरकी ३३ वर्षीय लक्ष्मी विष्ट र उनकी भाउजु शर्मिला मल्ल विष्ट घाइते भएका हुन् ।

लक्ष्मी विष्टका श्रीमान् ३५ वर्षीय रामकमल कोइरीले श्रीमतीलाई हँसिया प्रहार गरी आक्रमण गर्ने क्रममा लक्ष्मीलाई बचाउन गएकी शर्मिलासमेत घाइते भएकी हुन् । घाइतेहरूको हात, खुट्टा, कम्मर, टाउकोलगायतमा चोट लागेको छ ।

गम्भीर घाइते भएका लक्ष्मी र शर्मिलाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीले बताए । उनका अनुसार रोजगारीका लागि कतार गएका कोइरी सोमबार साँझ ८ बजे घर फर्किएका थिए । घर आएपछि आफू नहुँदा परपुरुषसँग सम्बन्ध राखेको भन्दै उनले आक्रमण गरेको बुझिएको छ । आक्रमणबाट बचाउन जाँदा उनकी भाउजू पनि घाइते भएकी थिइन् ।

अभियुक्त कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया थालेको डीएसपी केसीले बताए ।