काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् । आज माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी गराएको उनले बताए । यस विषयमा मन्त्री देउवा पनि सकरात्मक रहेको भनाइ छ ।
प्रचण्डका अनुसार ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चले पनि अहिलेसम्म औपचारिक रुपमा भने टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको छ । यस विषयमा बोल्दै प्रचण्डले भने ,‘ गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको सबैलाई सहयोग गर्ने सबै काम माओवादी केन्द्रले गर्दै आएको उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्रलाई आवश्यक नरहेको उनले दावी गरेका छन ।
तपाइँको प्रतिक्रीया