काठमाडौं : जुवाखालबाट ‘चोरी भएको’ भनिएको चेक आरोपी नै फिर्ता दिएको घटनामा प्रहरीको कमजोरी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
गत २२ असोजमा बानेश्वरको संसद भवन पछाडिबाट ‘हराएको भनिएको’ ७ वटा चेक प्रहरीले गुपचुप रुपमा आरोपी भनिएकै व्यक्तिलाई फिर्ता दिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो ।
गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालय, नक्सालले बनाएको प्रहरी नायब महानिरीक्षक ९डीआईजी० राजेशलाल कर्ण नेतृत्वको समितिले घटनामा प्रहरीले कमजोरी गरेको निष्कर्ष निकालेको हो ।
काठमाडौंमा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह हुँदा यो घटना भएको थियो । उनले आफ्नो सरुवा हुने दिन चेक आरोपीलाई नै फिर्ता दिएका थिए ।
छानबिन समितिका एक सदस्यका अनुसार प्रहरीले क्षेत्राधिकारबाहिर गएर बद्नियतपूर्ण तरिकाले अनुसन्धान गरेको निष्कर्ष निकालिएको छ ।
तपाइँको प्रतिक्रीया