२०८२ असार ५ बिहीबार

राशिफल

करोडौं ठगी गर्ने १ जना पक्राउ

काठमाण्डौं : ठगी तथा आपराधिक विश्वासघात कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका १६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गारजमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाँडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रुपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका १६ बालाजुबाट पक्राउ गरेको हो ।