काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले रोज्नुको मुख्य तीन कारण स्पस्ट पारेकी छिन । मंगलबार राजधानीमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उमेरले लामो समय पार गररे पनि अझै देशका लागि केही गर्न सक्ने क्षमता भएकाले पनि उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन । उनले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे तीन दशक भएको छ ।
‘ उनले भनिन,‘आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी छु ।’ करिश्मका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकी हुन् ।
‘नेता भनेको जनताको पथप्रदर्शक हो,’ उनका अनुसार ओलीजीमा यो रहेको छ । सबै पार्टीले लोकतन्त्र, गणतन्त्र अपनाएका भए पनि एमालेले त्यस अतिरिक्त समानता र सामाजिक न्यायसहितको समृद्धि भन्ने नारा बोकेर पिछडिएका वर्गको उत्थान गर्ने र देश विकास गर्ने नीति अपनाएका कारण पनि आफूले एमाले रोजेको उनको भनाइ छ ।
उनले एमाले भनेको अहिलेको अवस्थामा देशको पहिलो पार्टी रहेको र युवादेखि बुढासम्मले एमाले नै रोजेका कारण पनि आफू एमालेमा प्रवेश गरेको स्पष्ट धारण व्यक्त गरिन । पार्टीमा प्रवेश गरेपछि उनले केहि पनि भाग नखोज्ने र यदि पार्टीले जिम्मेवारी दिएमा पछि नहट्ने समेत उनले उल्लेख गरेकी छिन ।
तपाइँको प्रतिक्रीया