२०८२ असार १० मङ्गलबार

राशिफल

मधेसी नेता मधेसको मुद्दाप्रति स्थिर छैनन्  : लोसपा

काठमडौँ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर एमालेमा प्रवेश गरेका शिव पटेलले आफू सहभागी रहेको दल मधेसको मुद्दाप्रति स्थिर नरहेको बताएका छन ।

मधेसवादी दलका नेता तथा कार्यकर्ताहरू मधेसमा विचलित भइरहेको बताउँदै उनले भने, ुहामी मधेसको हो, विदेशी होइन, हामी यही नेपालको हो । यो देश एमालेले मात्र बनाउनसक्छ ।’ देश बने मधेस आफै बन्ने बताउँदै उनले आफ्नो राजनीतिक जीवन रहेसम्म एमालेमा रही रहने बताए ।

मधेसी समुदायले यो देशमा आफ्नो पहिचानका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै उनले आफू मधेस र मधेसीका लागि विगत ३० वर्षदेखि आन्दोलित रहँदै आएको बताए ।

केही दिनपछि भए पनि पर्सामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आगमन हुनुपर्ने कुरा राख्दै पटेलले अ‍ोलीको हातबाट टिका ग्रहण गरेर एमालेमा प्रवेश गर्न थुप्रै नेता तथा कार्यकर्ता तयार रहेको पनि उनले बताएका छन । नेकपा एमालेले मात्र देशको नेतृत्व सहि मार्गमा लैजान सक्ने उनको धारण रहेको छ ।