काठमाडौँ : नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताएका छन् ।
उनले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न वाम शक्तिहरु एक ठाउमा आउनुपर्ने बताएका छन् ।
भुसालले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विभाजनको औचित्य नरहेको भन्दै तीनवटै पार्टी समाजवाद चाहेकाले आफुले एकताको पक्षमा आवाज उठाएको बताए । आज काठमाडौमा सञ्चारकर्मीसँग छलफल गर्दै भुसालले भने, ‘पार्टी विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन ।
कम्तीमा तीन पार्टी र अन्य पार्टीहरू जो चुनावमा जान्छन् यदि तपाई जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद ल्याउने हो भनेर जानुहुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्न ।
त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्छ ।’, नेता भुसालले सैद्धान्तिक रुपमा पनि तीन पार्टीले गर्ने कुरा एउटै रहेको जनाएका छन् ।
तपाइँको प्रतिक्रीया