२०८२ असार १९ बिहीबार

राशिफल

एक पुरुषले एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

काठमाडौँ  :  एक बेलायती पुरुषले एउटै बोटमा एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको छ । उनले यो भन्दा पहिला एउटै बोटबाट ८३८ चेरी गोलभेँडा फलाएका थिए ।

उनले पहिलेको भन्दा बढी गोलभेडा फलायपछि उनले नयाँ रेकर्ड राख्न सफल भएका हुन ।

बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा फलाउने विभिन्न वैज्ञानिक तरिका पढेका थिए । यसपछि उनले माटोको नमुना विश्लेषणका लागि प्रयोगशालामा लगे ।

यसपछि गोलभेँडा रोपे, र एउटै बोटबाट धेरै गोलभेँडा फलाएर गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।

स्मिथले १० वर्ष अघि एउटै बोटबाट ८३९ वटा गोलभेँडा फलाएको आफ्नै रेकर्ड तोडेका हुन् । उनले आफ्नो बगैँचामा गिनिज बुक अफ वर्ल्डमा रहेको विश्वकै ठूलो ६.८५ पाउन्डको गोलभेँडा फलाएपछि यसबाट प्रेरित भएको बताएका छन् ।

यो गोलभेँडा बेलायतकै ठूलो हो । यो गोलभेँडा विश्व रेकर्ड राख्नबाट भने थोरैले चुकेको थियो । उक्त गोलभेँडा १० पाउन्डको अमेरिकामा फलेको गोलभेँडाको तुलनामा सानो थियो ।

तर लगातारको मेहनतले गर्दा अहिले उनले गिनिज बुक अफ वर्ड रेकर्ड राख्न सफल भएका हुन । अहिले सम्म कसैले पनि यदि ठूलो गोलभेँडा फलाएका छैनन् ।