काठमाडौँ : बागमती प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि स्थगित भएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बसेको प्रदेशसभाको बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
आज बसेको बैठक १८ मिनेट बसेर स्थगित भएको थियो ।
आजको बैठकमा शून्य समय माग गर्दै सांसद्हरुले जनचासोका बारेमा आफ्ना धारणा राखेका थिए उक्त बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले आफ्नो धारणा राखेका थिए ।
तपाइँको प्रतिक्रीया