काठमाडौँ : बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।
डिभिजन वन कार्यालय बर्दियाले जनकारी दिए अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।
जङ्गलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा बाघ फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले बताए ।
बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ भने अहिले सम्म बाघ के कारणले मरेको हो भन्ने अन्य केहि पनि कारण खुल्न सकेको प्रहरीले जानकारी दिएको हो ।
तपाइँको प्रतिक्रीया