२०८२ असार १ आइतबार

राशिफल

नेप्सेको दुई वटा वेवसाइट दुई थरी तथ्याङ्क किन ?

काडमाडौँ  :  सेयर बजार कारोबार सम्बन्धि तथ्याङ्क दिने दुई वटा वेवसाइट छन ।

नेपाल स्टक एक्सचेन्ज डट्कम र नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपी । तर यी दुई वेवसाइटको तथ्याङक एक अर्कोमा समान छैनन् । आज पहिलो पटक यस्तो समस्या देखा परेको हो । यस्तो हुँदा सम्पुर्ण नागरिकहरुलाई चासोको विषय बनेको छ ।

नेपाल स्टक एक्सचेन्ज डट्कमको तथ्याङ्क अनुसार आज मंगलबार नेप्से सूचक १२ दशमलभ ५४ अंकले बढेर २६ सय ६४७ दशमलभ २० अंकमा उक्लिएको छ ।

तर, यता सोही दिन नेप्सेको अर्को वेवसाइट नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपीले भने नेप्से सूचक १६. ०४ अंकले बढेर २६ सय ५० दशमलभ ७० अंकमा पुगेको जनाएको छ ।

आधिकारिक चाहिँ कुनलाई मान्ने भन्ने अन्योलता छाएको लगानिकर्ताहरुको भनाइ छ । नेप्सेले यस्ता समस्या बारम्बार देखिने भएकाले लगानीकर्ताहरुमाथि त्रास छाएको छ ।

किन भयो यस्तो भएको हो ?
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली इन्ड अफ द डे (ईओडी)ले भने,‘ अपडेटमा समस्या हुँदा यस्तो हुन सक्ने सक्छ , दिनभरिको कारोबारलाई एकैपटक भएका साइटहरुमा तथ्याङ्क चढाउँदा कुनैले छिटो र कुनैले ढिलो पडेट फाल्दा त्यस्तो देखिन गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । विशेष रुपमा भन्नुपर्दा यसको अध्यन गरेर मात्र भन्न सकिने उनको भनाइ छ ।