काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन आउनु अघि काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको बताएका छन् ।
आज मंगलवार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको उनले बताए ।
जनकपुरधाममा कुरा गर्दै पचण्डले लोकतान्त्रिक पद्धतिमा अब कसैले पनि विभेदको कुरा गर्न नमिल्ने बताएका छन । देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भइसकेकाले एक अर्काको हातेमालो गर्नु आवश्यक रहेको समेत उनले बताए ।
तपाइँको प्रतिक्रीया