२०८२ असार १ आइतबार

राशिफल

बुटवलमा चैत १० देखि १४ गतेसम्म कृषि मेला हुने

काठमाडौँ : बुटवलमा चैत १० देखि १४ गतेसम्म विशिष्टिकृत कृषि मेला–२०७८ हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघले प्रत्येक वर्ष गर्ने मेला कृषि मेलाको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपा उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिसर बालमन्दिरमा मेला हुनेछ ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मेलामा ४० देखि ५० वटा कृषि सम्बन्धी स्टलहरु राखिने छन् । मेलालाई करिब २५ हजारले अवलोकन गर्ने अनुमान छ ।

कृषक समूह, सहकारी एवं कृषिसँग सम्बन्धित सरकारी कार्यालय तथा संघ संस्थाहरु लगायत उपभोक्ता सम्पूर्णलाई मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । उक्त मेलाको उद्घाटन भन े लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्नेै कार्यतालिका रहेको छ ।