२०८२ जेठ २१ मङ्गलबार

राशिफल

टिम अफ दी इयरको अवार्ड नेपाली पुरुष फुटबल टिमलाई

काठमाडौँ  :  एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ दी इयरको अवार्ड नेपाली पुरुष फुटबल टिमले जितेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आज प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भव्य कार्यक्रमबीच फुटबल टिमलाई अवार्ड प्रदान गरेको हो ।
फुटबल टोलीले २०७७ सालमा ५ खेल खेलेको थियो ।

त्यसमध्ये १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।
घरेलु मैदानमा थ्री नेसन्स कप मैत्रीपूर्ण प्रतियोगितामा फुटबल टोलीले बंगलादेशसँग १ बराबरी र १ जित तथा किर्गिस्तान यू–२३ टोलीसँग बराबरी खेलेको थियो ।