२०८२ असार ३ मङ्गलबार

राशिफल

एसियाली खेलकुद पत्रकारको अवार्ड सतामलाई प्रदान गरियो

काठमाडौँ  :  एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का अध्यक्ष कुवेती पत्रकार सताम अल सेहली एसियाली खेलकुद पत्रकार अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको अवसरमा कुवेती राष्ट्रिय दैनिक अल सेयास्साहका खेलकुद ब्युरो प्रमुख एवं कुवेत फुटबल संघको मिडिया कमिटी प्रमुख सतामलाई सम्मानित भएका हुन् ।

सतामले पछिल्लो पाँच वर्षदेखि अध्यक्षको रूपमा एआइपिएस एसियाको नेतृत्व गरिरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एआइपिएस एसियाको सदस्य हो । २००५ मा खेल पत्रकारिता सुरु गरेका सताम ‘गल्फ फेडेरेसन अफ स्पोर्टस मिडिया’का उपाध्यक्ष रहेका छन् ।