काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी पल्सर स्पोर्ट्स अवार्ड मा दशकका महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घोषित भएकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार भण्डारी सो पुरस्कारबाट सम्मानित भएकी हुन् ।
सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गर्न सक्षम खेलाडी हुन । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताएकी छिन् ।
यस्तै उनले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएकी हुन। उनले नेपालाई बाह्य जगतमा चिनाएकी छिन ।
तपाइँको प्रतिक्रीया