काठमाडौँ : क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ुपल्सर स्पोर्ट्स अवार्डु मा दशकका पुरुष खेलाडी प्लेयर अफ द डिकेड मेल घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार खड्का यो पुरस्कारबाट सम्मानित भएका हुन् ।
पारसको एक दशकको कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेको थियो । यस्तै सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटको मान्यता दिलाएका थिए ।
नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्याएको योगदानको कदर गर्दै पारसलाई यो पुरस्कार प्रदान गरिएको हो ।
तपाइँको प्रतिक्रीया