काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पर्यटक आकर्षण गर्न र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत शंकर शर्मासँग आग्रह गरेको छ ।
मंगलबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भारतका लागि नवनियुक्त राजदूत शर्मासँग भेटवार्तामा गरी यस्तो आग्रह गरेको हो ।
सो अवसरमा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको छ । अध्यक्ष मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए ।
‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ ।
निर्यातको हिस्सा पनि सबैभन्दा धेरै ९७५ प्रतिशत० भारतसँगै छ । चालु आर्थिक वर्षको ८ महिनामै भारतसँग व्यापार घाटा ६ खर्ब ७९ अर्ब रुपैयाँ पुगिसकेको छ । व्यापार घाटा कम गर्ने एक मात्रै विकल्प भनेको भारतीय लगानी मार्फत उत्पादन वृद्धि र पर्यटन आवागमन बढाउनु हो’ मल्लले भने यसको वातावरण बनाउन भूमिका खेल्नुहोस् ।’
छिमेकी भारतमा रहेका १ अर्ब ३८ करोड जनसङ्ख्याको शून्य दशमलव २५ प्रतिशत जनसङ्ख्यालाई मात्रै पनि नेपाल भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाइदा लिन सक्ने अध्यक्ष मल्लको भनाइ छ ।
तपाइँको प्रतिक्रीया