काठमाडौं : अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ ।
प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ ।
तपाइँको प्रतिक्रीया