काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड डन्डीको भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन दिएको छ ।
डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो ।निर्माण व्यवसायीले मूल्य बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले मङ्गलबार उद्योगीसँग गरेको छलफलपछि यस्तो निर्देशन दिएको विभागले जनाएको छ ।
विभागका अनुसार छलफलमा नेपाल स्टील रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालको नेतृत्वमा तीन/स्टल उद्योग सञ्चालनको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रीया