काठमाडौं : धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका ७ की १९ वर्षीया श्रेया राई रहेको जनाएको छ । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गए राति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया