२०८२ जेठ २२ बुधबार

राशिफल

धीरज राईको गीतको नयाँ भिडियो सार्वजनिक

काठमाडौं  : गायक धीरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ आएको २५ वर्ष पुरा भएको छ ।

यही अवसर पारेर राईले गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् । धीरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ ।

उनलाई अभिनयमा राज र डेलविसले साथ दिएका छन् । भिडियोका निर्देशन माइकल चन्दले गरेका हुन् ।

दर्शक श्रोताको चाहनाअनुसार गीतको भिडियो बनाइएको गायक धिरजले बताए ।