काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक केही बेरअघि बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।
बैठक भोलिसम्म जारी रहने छ ।
तपाइँको प्रतिक्रीया