काठमाडौं : भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै कवाडीको एउटा गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु भएको छ । यी सबै भिन्न भिन्न राज्यका थिए ।
स्थानीयका अनुसार अबेर रातीको आगलागीका बेला गोदाममा १२ मजदुर थिए । ति मध्ये एकजना मजदुर सुरक्षित बाँच्न सफल भएका थिए ।भारतको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो घटनाले गहिरो चोट पुर्याएको र मारिएका व्यक्तिको परिवारप्रति समवेदना भएको जानकारी दिएको छ ।
साथै, मोदीले मारिएकाहरुको परिवारलाई २ लाखको सहायता रकम दिने घोषणा गरेका छन् ।
तपाइँको प्रतिक्रीया