काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै उनले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेका हुन् ।
मन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको पनि बताए । नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको पनि धारणा राखे ।
तपाइँको प्रतिक्रीया