२०८२ असार १० मङ्गलबार

राशिफल

आयल निगमले भारतीय आयल कर्पोरेसनलाई बुझायो दोस्रो किस्ता

काठमाडौं : नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन आईओसीलाई भुक्तानी गरेको छ ।

बुधबार आईओसीलाई मार्च महिनाको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ र प्रशासन प्रमुख नागेन्द्र साहले जानकारी दिए ।

गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको साहले बताए ।