२०८२ असार ५ बिहीबार

राशिफल

पत्रकार रमन सामाजिक काममा, खाजा खाने पैसा बचाएर अनाथ बालबालिकालाई शैंक्षिक सामाग्री

काठमाण्डौं : विगत ४ वर्षयता रेडियोबाट पत्रकारिता सुरु गरेकोे रमन वन अहिले काठमाण्डौंमा अनलाईन पोर्टलमा सम्पादकको रुपमा काम गरिरहेका छन् ।

सानै उमेरदेखि पत्रकारिता क्षेत्रमा रुची राख्ने वन काठमाण्डौंमै पढ्ने अनि पत्रकारिता गर्ने सोचका साथ उपत्यका छिरेका हुन् । उनको स्थायी घर सोलुखुम्बुको जुबु हो ।

घर सोलु भएपनि कक्षा १२ सोलुमै उतिर्ण गरेर उनी गत पुषमा उपत्यका प्रवेश गरे । उपत्यका आएको केही समय पनि नबित्दै उनी आर्थिक दैनिक पत्रिकामा काम गर्ने सोचका साथ त्यहाँ पुगे र केही समय काम गरे अनि आफ्नै समस्याका कारण शंखमुलमा रहेको एनडिसी खबरमा गए ।
उनले पहिला पनि सोलुखुम्बुको सोलु एफ.एम., खोटाङको हलेसी एफ.एम., सोलुकै चोमोलोङ्मा रेडिया अनि थुप्रै अनलाइन तथा पत्रपत्रिकामा काम गरेको भएरे खास्सै गाह्रो भन भएन् ।

काम गर्न सुरु गरेको केही महिना नबित्दै उनको कामको लगाव देखेर एनडिसी खबरका संचालक संजय कुमार महतोले वनलाई सम्पादकको जिम्मेवारी सुम्पिए ।

उनले जिम्मेवारी पाएको केही समय नबित्दै एनडिसी खबर पनि परिवर्तन हुँदै गयो । आफु जति सक्षम हुँदै गए उनिमा अब अरुलाई पनि सक्षम बनाउँनुपर्छ, सहयोग गर्नुपर्छ भन्ने भावना जाग्न थाल्यो ।

जसपश्चात उनले आफ्नो जन्मदिनको अवसरमा बाल आश्रममा शैक्षिक सामाग्री सहयोग गर्ने योजना बनाए । उनको जन्मदिन २०७८ सालमा चैतको ८ गते परेको रहेछ ।

सोही अवसरमा वनले काठमाण्डौंको मुलपानीमा रहेको जनजाति बाल आश्रममा सहयोग गर्ने बिचार गरे । र केही समयपश्चात अग्रज व्यक्तित्वको साथमा मंगलबार उनीसहितको टोली मुलपानी पुग्यो ।

मुलपानी उपत्यकाको मुख्य सडक मार्गहरुबाट निकै टाढा पथ्र्यो । भन्ने बित्तिक्कै हिँडेर त्यहाँ पुग्न पनि मुस्किल पर्ने अनि मुलपानी जाने सवारी साधन पनि नपाउँने कारण निकै नै गाह्रो स्थिती थियो ।

त्यस्ता समस्याका बाबजुत पनि शैक्षिक सामाग्री बोकेर रमन वन सहितको टोली त्यहाँ गयो । त्यहाँ पुग्दा आश्रमका बालबालिकाहरु बाहिर निस्केर खेलिरहेका रहेछन् ।

खेलमा व्यस्त बालबालिकाहरु शैंक्षिक सामाग्री सहित मान्छेहरु आएको देखेर एकै छिन् छक्क परे र केही समय पश्चात पालैपालो नमस्कार गर्न थाले ।
हेर्दा निकै साना बालबालिका तर अनुशासित र ज्ञानी थिए । साना, साना बालबालिकाको त्यो आदर, सत्कार देखेर आश्रम पुगेको टोली पनि अचम्मित पर्यो ।

त्यहाँ पुगेको केही समयमै हामीले छात्रावास ईन्चार्ज सुरज राजवंशीसँग समन्वय गरेर सामाग्री वितरण गर्ने तयारी गर्यौं । र खेलिरहेको बालबालिकाहरुलाई बोलायौं ।

सबै बालबालिकाहरु आए । जसपश्चात एक कार्यक्रमकाबीच सामाग्री वितरण गरियो । सामाग्री रमनको जनमदिनमा वितरण गरिएको थियो ।

जन्म दिनको अवशरमा सम्पुर्ण बालबालिकाले शुभकामना व्यक्त गरे । साथै सामाग्री वितरणमा पुगेका रमन वनले मन्तव्य दिँदै बालबालिकाको उज्वल भविष्यको कामना गरे ।

सोही अवसरमा त्यहाँ पुगेका समाजसेवी अनि बुद्धिजिबी व्यक्तित्वको रुपमा परिचित नवराज वन र तुलसीराम पुरीले एक पत्रकारले अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको कुरा प्रष्ट पार्दै अरु व्यक्तिहरुले पनि यसबाट केही कुरा सिक्नु पर्ने बताए ।

जनजाती बाल आश्रममा ३० जना बालबालिका रहेछन् । वनले आश्रममै पुगेर प्रती बालबालिका ३ ओटा कपि, साथमा डटपेन, पेन्सिल, इरेजर, कटर उपलब्ध गराएका थिए । उक्त शैक्षिक सामाग्री पाएसंगै बालबालिकाहरु खुशी भए ।

जन्मदिनको अवशरमा पार्टी प्यालेस, डान्सबार गएर मनोरन्जन गर्ने परम्परालाई बिर्सिदै सामाजीक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफुले सहयोग गरेको उनले बताए ।

साथै वनले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवद्दता जनाए । पर्यटन व्यावसायी तुलसिराम पुरी, कपन जेसिआईमा आवद्द भएर काम गर्नु भएका समाजसेवी व्यक्तित्व नवराज वन, कबिता वन, मुना पुरी, पत्रकारद्वोय सुनिल बिष्ट, प्रकाश कपाली लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

जनजाती कल्याण आश्रमले वि.सं. २०५९ सालदेखी जनजाती बालबालिकाहरुको हकहित तथा उत्थानको लागि काम गर्दै आएको छ ।

“जाऔं बालौं त्यहाँ, जहाँ अझै अध्याँरो छ’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कल्याण आश्रमले देशभरीका ११ ओटा छात्रावास, १५ ओटा खेलकुद केन्द्र, १८ स्वयं सहायता समुह, ८५ जनजाति शिक्षा तथा संस्कार केन्द्र, १२१ ओेटा श्रद्धाजागरण केन्द्र संचालन गर्दै आएको बताइएको छ ।