२०८२ असार १० मङ्गलबार

राशिफल

मन्त्री भुसालसँग नर्वेका राजदूत ड्रम्डालले गरे भेट

dGqL e’;fn;Fu /fhb”tsf] e]6 sf7df8f}F, ( r}tM pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e’;fn;Fu dGqfnodf a’waf/ lzi6frf/ e]6jftf{ ub}{ g]kfnsf nflu gj]{sf /fhb”t 6f]?g 8«D8fn . tl:a/M xl/ nfld5fg]÷/f;;

काठमाण्डौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन् ।

ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन् ।