२०८२ असार ३ मङ्गलबार

राशिफल

शंखमुलमा दुई समूहबीच झगडा, खुकुरी प्रहार हुँदा १ जना गम्भिर

काठमाडौं : काठमाडौंको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार झगडाका क्रममा विकास लामाको समूहले उनलाई खुकुरी प्रहार गरेको हो ।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको बताइएको छ । कुँवरका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ ।