काठमाडौं : यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहनेबारेको आफ्नो सूचना सच्याएको छ ।
विभागले आज दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको हो ।
यसअघि सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो ।
तपाइँको प्रतिक्रीया