२०८२ जेठ २३ बिहीबार

राशिफल

आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ५३७६ नमूना परीक्षणमा ३८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा २६९ जना कोरोनामुक्त भएका छन्। निको हुने यो दर ९८.५ प्रतिशत हो।

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६ लाख ३८ हजार ६१ पुगेको छ। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।