२०८२ असार १० मङ्गलबार

राशिफल

पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन क्यासिनो सञ्चालकलाई पर्यटन मन्त्ती आलेको निर्देशन

a}7sdf dGqL cfn] sf7df8f}F, !* df3 . ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb’/ cfn] dªunaf/ a;]sf] g]kfn gful/s p88og k|flws/0fsf] a}7sdf p7]sf ljifodf hfgsf/L lnFb} . t:jL/ M ljdnaxfb’/ lji6, /f;;

काठमाडौं :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् ।

पटक पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले अल्टिमेटम दिएका हुन् ।

आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स र्‍याडिसन होटल लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।