काठमाडौं : स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहीबार समापन हुँदैछ ।
बुधबार सुरु भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ ।बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको विश्लेषणसहितको रिपोर्टिङ गरेका थिए ।
बुधबारको बैठकमा प्रदेश १ का अध्यक्ष प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद शाह र सुदुर पश्चिमका दामोदर भण्डारीले आफ्नो प्रदेशको पार्टी सांगठनिक अवस्था र सम्भावित चुनावी नतिजाबारे बैठकलाई जानकारी गराएका थिए ।
तपाइँको प्रतिक्रीया